प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कपः १० स्वर्ण सहित बागलुङलाई उपाधि

प्रोफेशनल सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि कास्कीकी पूर्णिमा मोक्तानलाई

म्याग्दी | फागुन १४, २०७९

प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कपः १० स्वर्ण सहित बागलुङलाई उपाधि

म्याग्दी:    प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कप तथा दोस्रो राष्ट्रिय प्रोफेशनल सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि कास्कीकी पूर्णिमा मोक्तानले जितेकी छिन् । 


 
म्याग्दीको दर्बाङमा सम्पन्न भएको प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कप तथा दोस्रो राष्ट्रिय प्रोफेशनल सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि प्रोफेशन खेल तर्फ पोखरा बारपाटन सिएच आईटीएफ तेक्वान्दो डोजाङका खेलाडी पुर्णिमा मोक्तान प्रथम भईन,केबि एकेडेमी म्याग्दी दर्बाङका खेलाडी सुश्मा पुन द्धितीय,  बागलुङ ढोरपाटनका खेलाडी सुचना घर्ती मगर तृतीय भएकी हुन् । प्रथम, द्धितीय र तृतीय भएका खेलाडीले क्रमशः २०,१५ र १० हजारसहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । 


म्याग्दी कपतर्फ भने १० स्वर्ण पदक सहित बागलुङले उपाधि जितेको छ। त्यस्तै ५ स्वर्ण सहित कास्की फस्ट रनर अप तथा २ स्वर्ण सहित म्याग्फी सेकेन्ड रनर अप भएको छ। 


कास्की सिएच आईटीएफ तेक्वान्दो संघका खेलाडी बिना पतेल उत्कृष्ट महिला खेलाडी छनोट भएका छन। म्याग्दी कपका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट र प्रोफेशनल प्रतियोगिताका लागि देशै भरिबाट २०० बढी खेलाडी सहभागी भएका थिए। 


कार्यक्रममा नेपाल चानहुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढामगर (कुशल) र म्याग्दी प्याप्सनका अध्यक्ष हिरा पुन लगायतको उपस्थिति रहेको थियो । विश्व खेल जगतमा खेलको अति नै महत्व हुदा पनि नेपाली खेलाडीलाई राज्यबाट कुनै वास्ता नरहेकोले यसलाई प्रोफेशनल रुपमा लगेर लोकप्रिय बढाउन खेलको आयोजना गरिएको आयोजकले जनाएको छ। प्रोफेशनल खेलले झन खेलाडीलाई थप उर्जावान बनाउने भुमिका खेल्दछ। प्रोफेशनल खेल तर्फ ३०(३५ तौल समुहमा प्रतिस्पर्धा भएको हो।

 

खिमलाल मरासिनीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता म्याग्दी सिएच आईटीएफ तेक्वान्दो संघका प्रबिना थापा ग्रहण गरेका हुन। कार्यक्रममा बोल्ने वक्ताहरुले खेललाई व्यवसायीक बनाउदै जानेमा जोड दिएका छन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्